ताजा समाचार

परिसरमा ज्ञावाली र महाशाखामा थापाको सरुवा

काठमाडौँ। काठमाडौको आकर्षक मानिने महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर प्रमुखमा दुई एसएसपीको सरुवा भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले शुक्रबार परिसरमा एसएसपी श्यामलाल ज्ञवाली र महाशाखामा एसएसपी दीपक थापालाई सरुवा गरेका हुन् ।

हाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरी र थापा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा प्रमुखमा कार्यरत थिए ।

महानगरीय अपराध महाशाखाका सहकुलबहादुर थापा र परिसरका प्रमुख उत्तमराज सुवेदी डीआईजीमा बढुवा भएपछि दुवै कार्यालय नेतृत्व विहीन भएका थिए । ज्ञावाली वर्तमान आइजीपीका सहोदर भाई हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *