ताजा समाचार

अध्यादेशको विरोधमा नेविसंघले गर्‍याे देशभर प्रदर्शन(तस्बीरसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले देशभर विरोध गरेको छ । सोमबार  सरकारले ल्याएका संवैधानिक परिषद र राजनैतिक दल सम्वन्धी दुई अध्यादेश अध्यादेशको बिरोधमा नेविसंघ सडकमा आएको हो । नेविसंघले देशभर शुक्रवार बिहान ९ बजेबाट १० मिनेट देशभर अध्यादेश फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ ।

सरकारले ल्याएका दुबै अध्यादेश फिर्ता गर्न माग गर्दै देशैभर प्रदर्शन गरिएको नेविसंघका अध्यक्ष राजीब ढुंगानाले जानकारी दिए । समाजिक दूरी कायम गरेर कालो झण्डा र प्लेकार्ड सहित विरोध गरिएको उनले बताए ।

यसै गरि सिन्धुपाल्चोकको बाह्रविसेमा २० मिनेट विरो प्रदर्शन गरिएको विद्यार्थी नेता हेमन्त श्रेष्ठले बताए ।

नेविसंघले राजधानी काठमाडौंका साथै देशका मुख्य मुख्य सहरहरुमा विहान ९ वजेदेखि १० मिनेट विरोध प्रदर्शन गरेको थियो ।

Image may contain: 2 people, including Ganga Ram Neupane, people standing, beard and outdoor

Image may contain: one or more people, people dancing, people standing, people walking and outdoor

Image may contain: one or more people, people walking and outdoor

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *