काठमाडौं।लकडाउन लम्बिएसंगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बडेको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेको एक पहिना पुगेको छ ।
लकडाउन तत्काल खुल्ने शंकेत नपाएपछि अलपत्र परेका आफ्नो ठाउँका जनतालाई स्थानीय तहले सवारीसाधनको व्यवस्था गरेर घर लान थालेका छन । यसक्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले पनि आफ्ना जनतालाई बुधवार कोटेश्वरबाट गाउँ लगेको छ । पालिका प्रमुख श्रवण कुमार जिसी (विनोद)को पहलमा उपत्यकामा अलपत्र परेका सुनकोसीको जनतालाई घर लगेको हो ।
अलपत्र परेका आफ्ना नागरिकलाई घरलाने क्रममा प्रशासनले रोक्न खोजेको थियो । निकै पहल गरेपछि मात्र हामी सफल भयौं अध्यक्ष जिसीले संकल्प खवरसंग भने । लकडाउनका कारण उपत्यकामा अलपत्र परेका आफ्ना जनतालाई गाउँ पठाउन जिसीसंगै सुनकोसी गाउँपालिकाका वडा नम्बर ६ र २ का वाडाध्यक्ष द्वय रामकुमार थापा र पूर्णबहादुर महत खटेका थिए ।





