काठमाडौं।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण प्रत्यक्ष प्रभावित भएका व्यक्तिका लागि पहिलो चरणको राहत वितरणको काम काठमाडौं महानगरका १ देखि ३२ वटै वडामा जारी छ ।
काठमाडौ महानगरको वडा नम्बर ११ ले १२ सय ७३ परिवारलाई राहत उपलब्ध गराएको छ । करिव पाँच सय ७० परिवारलाई महानगरबाट निकास भएको पैसाबाट राहत वितरण गरेको छ भने ५ यस परिवरलाई विभिन्न संघसस्था र दाताहरुले उपलब्ध गराएको राहत वितरण गरिएको वाडा सचिव रामप्रसद पौडेलले जानकारी दिए । राहतका लागि अवेदन दिएका १६ सय ६२ परिवारमध्ये १२ सय ७२ परिवारको वडाले पहिचना गरि राहत वितरण गरेको सचिव पौडेलले बताए । अहिले न्यून आय भएका, ज्यालादारी गर्ने, डेरामा बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरिएको र लकडाउनको अवधि बढ्दै गए मध्यमवर्गीय परिवारलाई पनि आध्यन्नको अभाव हुन सक्ने वडा सचिव पौडेलले बताए ।

वडा कार्यालयले काठमाडौं महानगरपालिकाको कार्यापालिकाले बनाएको मापदण्ड अनुरुप तीन प्याकोज बनाएर राहत वितरण गरेको छ । एक व्यक्तिले एक हप्ताको लागि ४ केजी चामल,१ केजी दाल, आधा लिटर तेल, आधा केजी चिउरा १ केजी नुन, तरकारी र लसुन प्याज राहत पाउने गरेको छ । न्यून आय भएका ,दैनिक ज्यालादरी गर्ने वर्ग र डेरामा बसेका विद्यार्थीहरुले राहत पाएका छन ।काठमाडौं महानगरको वडा नम्बर ११ ले माहानगरपालिले बनाएको मापदण्डभित्र बसेर निश्पक्ष र पारदर्शी ढंगबाट राहत वितरण गरिरहेको वडाध्यक्ष हिरालाल ताण्डुकारले बताए ।
वडा नम्बर ११ मा ३५ सय ४६ घरधुरी छन । यहाँको जनसंख्या करिव १६ हजार छ । यस वडामा डेरा भडामा बस्ने र घरधनीको जनसंख्या उस्तैउस्तै छ ।
वाडा नम्बर ११ ले बागमती करिडोरभित्र पर्ने ४ वटा जोगीका अखडामा पनि खाद्यन्न उपलब्ध गराउदै आएको छ । लकडाउनका कारण दाताहरु नभएको अवस्थामा वडा कार्यालयले २ सय ७८ जोगी तथा साधुसन्तहरुलाई खाद्यन्न उपलब्ध गराउदै आएको सचिव पौडेलले बताए । वडानम्बर ११ ले लकडाउनको समयमा वडा क्षेत्रभित्र रहेका करिव २ सय ५० वादरलाई पनि खाद्यन्न उपलब्ध गराउदै आएको छ ।
गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी र श्रमिक मजदूरलाई लकडाउन अवधिभर खान पुग्ने गरी राहत वितरण गर्ने निर्णय गरेको थियो । यसको लगत तयार गरी आवश्यक ठानिएका व्यक्तिलाई राहत दिन स्थानीय तहलाई जिम्मा दिइएको थियो ।





