काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक वैशाख १७ गते डाकेको छ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफ गर्न वैशाख १७ गते बुधबार केन्द्रीय समिति वैठक डाकेको हो ।
बैठक १७ गते बुधबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्य सचिव कृष्ण पौडेलले जनाए ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने मुख्य सचिव पौडेलले बताए ।




