उदयपुर। त्रियुगा नगरपालिका -३ भुल्के मस्जिदमा रहेका १२ भारतिय र ४ नेपाली मध्ये १३ जनामा कोरोना भाइरसकाे संक्रमण पोजेटिभ देखिय पछि चौदण्डीगढी नगरपालिका -५ सिवाईका स्थनीयमा भय र त्रास फैलिएको छ ।
ईस्लामिक धार्मिक जमाति सिवाइ मस्जिदमा फाल्गुणकाे अन्तिम साता ४ दिन सम्म बसेकाेे ट्राभल हिस्ट्रीबाट खुलेपछि स्थानीयमा भय डर र त्रास फैलियकाे हो ।
स्थानीय तहको पटक पटकको अनुरोध समेत प्रदेस सरकार जिल्ला स्थित कार्यलयको ध्यान नगएकोमा स्थानीय क्रोधित बनेका हुन । ३ हप्ता अघिदेखि सम्बन्धित पक्षलाइ आरडिटि र पिसिअर परिक्षणका लागि हार गुहार गरेको वार्ड अध्यक्षले बताए ।
जिल्ला स्वास्थ्य कार्यलय उदयपुरले परिक्षणका लागि आवश्यक सामाग्रिको अभाब रहेको र ९५ देखि १ सय सम्मकाे परिक्षण गरिनु पर्ने बताएको छ ।
मस्जिद क्षेत्र भएको समुदायलाई स्थानीय प्रहरीले सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको हो ।




