काठमाडौं। उदयपुरमा काेराेना संक्रमित एक जना थपिएका छन । मंगलबार उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमित को संख्या ३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा पोजिटिभ देखिएको जानकारी दिए ।
यस अघि उदयपुरको भुल्केमा ११ भारतीय र २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।
मंगलबारसम्म देशभरी आरडीटी २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको छ भने पीसीआर ८ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ। हालसम्म दुवै विधिबाट गरी ३६ हजार ७ सय १९ को परीक्षण भएको प्रवक्ता देवकाेटाले जानकरी दिए । नेपालमा कोरोना संक्रमित को संख्या ३२ मध्ये चार जना उपचारपछि निकाे भएर घर फर्किएका छन ।




