काठमाडौं।पूर्वराजा ज्ञानेन्द्रले जनमतको अनादर गर्ने राजनैतिक नेता खलनायक बन्ने बताएका छन । पूर्वराजाले आफ्नो ट्वीटमार्फत जनमतको अनादर गरी व्यक्तिगत स्वार्थमा रुमल्लिने राजनैतिक नेता सदैव भावी पुस्ताको खलनायक बन्ने बताएका हुन ।
सोमबार सरकारले संवैधानिक परिषद सम्वन्धी र राजनैतिक दल सम्वन्धी दुई अध्यादेश जारी गरेपछि पूर्वराजा ज्ञोन्द्रले मंगलवार बिहान ट्वीटमार्फत संकटको घडीमा आमजनताको समस्या सम्बोधन नगरी थप भ्रमित बन्दै निहित स्वार्थमा रमाउनु दुर्भाग्य भएको बताएका छन ।

पूर्वराजाले आफ्ने ट्वीटमा भनेका छन संकटको घडीमा जनआधार प्राप्त सत्तासिन नेताहरु पद लोलुपताको राजनीतिक अंकगणितमा व्यस्त भई आमजनताको समस्या सम्बोधन नगरी स्वयं पथ भ्रमित बन्दै निहीत स्वार्थमा रमाउनु देशकै दुर्भाग्य हो। जनमतको अनादर गरी व्यक्तिगत स्वार्थमा रुमल्लिने राजनैतिक नेता सदैव भावी पुस्ताको खलनायक बन्न पुग्छ ।




