ताजा समाचार

कठोर धार्मिक स्वभावका मुख्यमन्त्री आदित्य आफ्ना पिताको अन्त्येष्टिमा उपस्थित नहुने   

लखनउ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नै पिताको अन्त्यष्टिमा पनि अनुपस्थित हुनुहुने भएका छन  ।  कठोर धार्मिक स्वभावका आदित्य आफ्नै पिताको अन्त्येष्टिमा पनि सहभागी नहुनुलाई अनौठो र अस्वभाविक घटनाको रुपमा लिइएको छ ।

लकडाउनको कार्यान्वयन र कोरोनाभाइरस विरुद्धको लडाईंका कारण आफु पिताको अन्त्येष्टिमा सहभागी हुन नसक्ने उनले बताए । याेगीका पिता आनन्द सिंह विष्टकाे अन्त्येष्टि मङ्गलबार गरिने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री योगीका पिताको सोमबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियाे ।  उत्तर प्रदेशका अतिरिक्त मुख्यसचिव आश्विन कुमार अवस्थीले मुख्यमन्त्री योगीका पिता विष्टको स्थानीय समय अनुसार विहान १०.४४ बजे निधन भएको जानकारी दिए।

उनको अन्त्येष्टिमा मलामीहरुको सङ्ख्या पनि न्युन गराउन जोड दिएको पनि मुख्यसचिव अवस्थीले बताए ।    त्यसैगरी उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेलले मुख्यमन्त्री योगीलाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन ।

त्यसैगरी अन्य शीर्ष नेता तथा सरकारका उच्च अधिकारीहरूले पनि विष्टको निधनप्रति दुःख व्यक्त गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *