काठमाडौं। नेपाल तरुण दलले सोमबार सरकारले ल्याएको संवैधानिक परिषद सम्वन्धी र राजनैतिक दल सम्वन्धी दुई अध्यादेशप्रति आपत्ति जनाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकारले जारी गरेको अध्यादेशले मुलुकमा अस्थिरता निम्तने खतरा बढेको औल्याएका छन । बस्नेतले सरकारी कदमलाई आपत्तिजनक कदम र गैह्र जिम्मेवार प्रवृत्ति संज्ञा दिएका छन ।
संवैधानिक परिषद सम्वन्धी र राजनैतिक दल सम्वन्धी दुई अध्यादेश राष्ट्रपतिबाट जारी हुनु संविधानको मर्म बिपरित भएको बस्नेतको ठहर छ । मुलुकमा गरिएको गलत राजनीतिक अभ्यासले अस्थिरता संगै लोकतन्त्र धरापमा पर्न सक्ने चिन्ता अध्यक्ष वस्नेतले व्यक्त गरेका छन । सरकारको उक्त कदम देश र नागरिकका लागि दुर्भाग्यपूर्ण भएको उनले बताएका छन ।




