ताजा समाचार

कांग्रेस प्रवक्ताले भने कोरोना भाइरसका सामु अरु विषय गौण हुन, बेमौसमी बाजा नबजाऔं

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई बेमौसमी बाजा नबजाउन सुझाव दिएको छ । पार्टी प्रवक्ता एवं केन्द्रीय प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले कोरोना भाइरसका सामु अरु विषय गौण भएको बताउदै बेमौसमी बाजा नवजाउन सुझाव दिएका हुन ।
प्रपक्ता शर्माले संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएको बताएका छन । उनले भनेका छन नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन र गौण रहनुपर्छ हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ ।


सोमवारको मन्त्रिपरिषद वैठकले अनपेक्षित निर्णय गरेसँगै नेकपा फुटको नजिक पुगेको आकलन राजनीतिक वृत्तमा सुरु भएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपा भित्रमात्र नभई मुलुकको राष्ट्रिय राजनीतिमा समेत खैलावैला मच्चिएको छ । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दल कुनै एका मा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यदेश ल्याउने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *