ताजा समाचार

यस्ताे छ दक्षिण एशियामा काेराेना भाइसर संक्रमणकाे तस्वीर

काठमाडाैं। भारतमा काेराेना भाइरस संक्रमितको संख्या करिब १६ हजार पुगेको छ । पाँच सयभन्दा बढीको मृत्यु भएको छ । दक्षिण एशियाकोमा सबै भन्दा बढि काेराेना संक्रमित भारतमा छन ।

दक्षिण एशियाका देशमध्ये भारत, पाकिस्तान र बाङ्ग्लादेशपछि सङ्क्रमित हुनेको सङ्ख्या अफगानिस्तानमा धेरै रहेको छ।  अफगानिस्तानमा सङ्क्रमित हुनेको सङ्ख्या ९९६ छ  पुगेकाे छ भने ३३ जनाको मृत्यु भएको छ।अफगानिस्तानपछि श्रीलङ्कामा सङ्क्रमित हुनेको सङ्ख्या २७१ छ भने त्यहाँ अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।

माल्दिभ्स, नेपाल अनि भुटानमा सङ्क्रमित हुनेको सङ्ख्या ५२, ३१ र ५ रहे पनि यी देशमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलसम्म विश्वभरि २४ लाख २,७९८ सङ्क्रमित भएका छन् भने एक लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *