ताजा समाचार

काेराेना सङ्क्रमित महिला निको भएकाेमा प्रधानमन्त्रीले ट्वीटबाट व्यक्त गरे खुशी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकाेमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उनीसँग कोरोना समेत पराजित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्केकोमा पनि खुशी व्यक्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *