ताजा समाचार

फ्रान्सबाट आएकी १९ वर्षीया काेराेना संक्रमित युवतीले काेराेनालाई जितिन्

काठमाडाैं। कोरोना संक्रमण भएर शहिद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर प्रसिद्धि श्रेष्ठ शनिबार घर फर्किएकी छन । नेपालको दोस्रो काेराेना संक्रमित युवती २७ दिनपछि निको भएर आज डिस्चार्ज भएकी हुन ।

चैत ९ गते कोरोना पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् ।

उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । फ्रान्सदेखि  कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना  सं‌क्रमण पुष्टि भएपछि स्वास्थ्य जाँचका गर्दा उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे थियाे । उनीसंगै  कतार एयरवेजको  जहाजमा नेपाल आएका बागलुङका दुई जना नेपालीमा पनि कोरोना संक्रमण देखिएकाे छ । उनीहरु स्पतालमा उपचाररत छन् ।

हालसम्म नेपालमा देखिएका ३० जना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *