काठमाडौं। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डले १४ औं वार्षिकोत्सवको अवसर पारेर उपत्याका भित्र पानी वितरण गरिरहेका चालक र सहचालकलाई आवस्यक सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । कोरोनाको जोखिम मोलेर उपत्यकाभित्र पानी वितरण गरिरहेका चालक र सहचालकलाई वोर्डले सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।
वोर्डका कार्यकारी निर्देशक डा. सञ्जिव विक्रम राणा र काठमाडौ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले माक्स,सेनिटाइजर, ग्लेबजस्ता आत्यावस्यक सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन ।

सुख्खा मौसम भएकाले उपत्यकामा पानीको माग अधिक छ । उपत्यकामा निजी, व्यवसायीक संघ र केयुकेएलका ट्यांकरले पानी आपूर्ति गर्दै आएका छन । उपत्यकामा पानी वितरण गर्ने निजी, व्यवसायीक र केयुकेएलका ट्यांकर चालक र सहचालकलाई सुरक्षा सामाग्री हस्तान्तरण गरेको बोर्डले जनाएको छ । ट्यांकरमार्फत पानी वितरण गर्दै आएका चालकहरुलाई कोरोनाको जोखिमबाट बचाउन आवस्यक सुरक्षा सामाग्री वितरण गरिएको वोेर्डका निर्देशक डा. राणाले बताए ।




