काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले मजदुरलाई संकट परेका बेला मजदुर नेताहरु हात बाँधेर बस्नु बिडम्बना भएको बताएका छन । पूर्वराजाले आफ्नो आधिकारीक ट्वीटरमार्फत संकटको बेला मजदुर नेता चुप बस्नु मजदूर वर्गको अपमान होे भनेका छन । मजदूर वर्गको सुरक्षा बिना कहिले पनि देश सम्पन्न बन्न नसक्ने उनले स्पष्ट पारेका छन ।
पूर्वराजाले ट्वीट गर्दै भनेका छन- राजनैतिक दलद्वारा प्रश्रय प्रदान गरिएका आम मजदूर वर्गका हक र हितका लागि देशैभर संचालनमा रहेका संगठनहरु यस प्रकारको संकटको घडीमा आफ्ना हात बाँधेर बस्नु बिडम्बना मात्र नभई मजदूर वर्गको अपमान पनि हो। मजदूर वर्गको सुरक्षा बिना कहिले पनि देश सम्पन्न बन्न नसक्ने तथ्यलाई नकार्न मिल्दैन।





