काठमाडौं।नेपाल तरुण दलले संवेदनशील घडीमा सरकारले गरेका अनावश्यक र गैरजिम्मेवार क्रियाकलापको घोर निन्दा गरेको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पे्रस विज्ञप्ती जारी गर्दै महामारीका समयमा यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराएका छन ।
माहामारीको समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउनु पर्ने बेला सरकारले आप्mना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्त गर्दै रमाइरहेको तरुण दलाको आरोप छ ।
लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरुलाई आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन सुरु भए देखिनै ध्यानाकर्षण गराउदै आए पनि सरकार भने यो कार्यमा पनि चुकेको तरुण दलको ठरह छ । मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन तरुण दलले सरकारसंग पुन : माग गरेको छ ।
प्रेस विज्ञप्तीमार्फत विषम परिस्थितिमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षाका साम्रागी बिना पनि अग्रपङक्तिमा रहि काम गरिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एमबुलेन्स चालक, फोहोर संकलकहरुको नेपाल तरुण दल मुक्तकंण्ठले प्रशंसा गरेको छ । साथै आवश्यक पर्ने सुरक्षा साम्रागी संगै थप सुविधाको व्यवस्था गर्न सम्बन्धित निकाय संग माग गरेको छ ।
यस्ताे छ प्रेस विज्ञप्ती
विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जारी गरिएको लकडाउन लगाएत रोकथामका अन्य कार्यमा प्रमुख प्रतिपक्षी दल हाम्रो पार्टी नेपाली काँग्रेस र हामी सम्पूर्ण भातृ संगठनहरुले सहयोग गरिरहेका बेला सरकार भने आफनो जिम्मेवारीबाट बिमुख हुँदै र वर्तमान समयका लागि अनावश्यक गतिविधिमा रुमल्लिरहेको भान हुँदै गएको छ । माहामारी संकटको यो समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउनु पर्ने बेला सरकार भने आफना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्त गर्दै रमाइरहेको छ । यस्तो संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको घोर निन्दा गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराउदछौ । यस्तो विषम परिस्थितिमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षाका साम्रागी बिना पनि अग्रपङक्तिमा रहि काम गरिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एमबुलेन्स चालक, फोहोर संकलकहरुको नेपाल तरुण दल मुक्तकंण्ठले प्रशंसा गर्दछ । साथै यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा साम्रागी संग संगै थप सुविधा पनि चाडो भन्दा चाडो व्यवस्था गर्न सम्बन्धित निकाय संग माग गर्दछौ । लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मारमा पर्छन । त्यसैले उनीहरुका निम्ति आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन सुरु भए देखिनै हामीले पटक पटक ध्यानाकर्षण गराउदै आएका थियौ तर सरकार भने यो कार्यमा पनि चुकेको छ । जसका कारण मजदुरहरुलाइ खान, बस्न समस्या भई केही हिडेरै आफनो घर पुगेका छन् केही बाटोमा अलपत्र परेका छन् भने केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । त्यसैले यी सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन फेरी पनि सरकार संग नेपाल तरुण दल जोड्दार माग गर्दछ । अन्तयमा नेपाल तरुण दलका सम्पूर्ण साथीहरुले आ–आफनो तर्फबाट राजमार्गमा हिडेर आफनो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ ।
जय नेपाल ।




