ताजा समाचार

रक्तदान र विद्यार्थीहरुलाई राहत वितरण गरेर नेविसंघले स्थापना दिवस मनाउदै

काठमाडौं।नेपालको राजनीतिक र शैक्षिक परिवर्तनमा केन्द्रीय भूमिका खेल्दै आएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले ५० औं वसन्त पार गरेको छ ।
कोरोना भाइरसको महामारीसंग सम्पूर्ण विश्व नै जुधिरहेको बेला नेपाल विद्यार्थी संघले आफ्नो स्थापना दिवस विगतभन्दा फरक ढंगले मनाउने निर्णय गरेको छ । यस पटकको स्थापना दिवस राजनीतिक भन्दा परोपकारी कार्य गरेर मनाउने निर्णय गरेको हो ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले लकडाउनको मारमा परेका डेरामा बसेका विद्यार्थीहरुलाई राहत वितरण गरेर आफ्नो स्थापना दिवस मनाउन परिपत्र गरेका छन । यसै गरी रक्तदानलगायतका रचनात्मक कार्यक्रम गर्न समेत संघले निर्देशन दिएको छ ।
सामाजिक सञ्जालको माध्यमबाट उपलब्ध प्रविधिको प्रयोग गरि वेबसाइडमार्फत सचेतनामुलक गोष्टि,छलफल तथा अन्तक्रिया गरेर स्थापना दिवस मनाउन अध्यक्ष ढुंगानाले परिपत्रमार्फत सुर्कुलर गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *