काठमाडौं । विश्वभर फैलिएको महाब्याधी कोरोनाले पछिल्लो २४ घण्टामा मात्र करिब ७ हजारको ज्यान लिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म ६ हजार ९ सय ९६ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ९५ हजार २२ जना कोरोनाका नयाँ संक्रसमत थपिएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा एकै दिन २ हजार १७४ ले ज्यान गुमाएका छन् भने नयाँ संक्रमित पनि अमेरिकामै बढी छन् । त्यहाँ एकै दिन २९ हजार ५ सय ६७ जना काेराेना संक्रमित भेटिएका छन् ।
बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा १७ हजार १६४ नयाँ संक्रमित २४ घण्टामा थपिएका छन् । चीनमा भने पछिल्लाे २४ घन्टामा कुनै पनि व्यक्तिकाे काेराेनाबाट ज्यान गएकाे छैन । नयाँ संक्रमित भने ४६ जना भेटिएका छन् ।




