ताजा समाचार

संविधानसभा सदस्य उरावको निधनप्रति काँग्रेसको दुःख व्यक्त   

काठमाडौँ।नेपाली काँग्रेस ससंदीय दलले संविधानसभा सदस्य एवं काँग्रेस सुनसरीका महासमिति सदस्य शिवनारायण उरावको निधनप्रति दुःख व्यक्त गरेको छ ।

उहाँको ६१ वर्षको उमेरमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा यही वैशाख १ गते निधन भएको काँग्रेसले जनाएको छ ।

पार्टी प्रमुख सचेतक बालकृष्ण खाणले आज एक शोक वक्तव्यमार्फत उराव निधनले काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उहाँको निधनप्रति दुःख व्यक्त र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन । विसं २०६४ को संविधानसभा सदस्य रहनुभएका नेता उराव समाजिक क्षेत्रमा पनि सक्रिय थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *