काठमाडौं । सरकारले कोरोना संक्रमण उपचारको उपकरण चीनबाट ल्याउने प्रक्रिया अन्तिम टुंगोमा पुगेको जनाएको छ । सरकार–सरकारबीच खरिद गर्नेगरि बुधबार नै खरिद प्रक्रिया टुंगोमा पुगेको हो । स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयको टोलीले बुधबार भिडियो कन्फ्रेन्सबाट उपकरण, औषधिको मागबारे जानकारी गराएपछि चीनबाट खरिद प्रकृया अघि बढाएको हो । यस्तै, स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट हुने खरिदको प्रक्रियालाई पनि निरन्तर दिन् भएको छ ।
‘जिटुजी प्रकृयाबाट पनि अघि बढाउने , चीनसँग सामान ल्याउने निर्णय, तीन चरणको भिडियो कन्फ्ररेन्स मार्फत कुराकानी भएको थियो, छिटै नै उपकरणहरु आउनेछन्’, सरकारी स्रोतले भयो । भारत सरकारले साठी प्रकारका औषधि दिन्छु भन्ने सन्देश पठाएका बेला चीन सरकारले भने नेपाललाई आवश्यक पर्ने सबै सामान उपलब्ध गराउने सन्देश पठाएपछि बुधबार परराष्ट्र मन्त्रालयले स्वास्थ्य मन्त्रालयका विज्ञहरुसहितको टोलीले चीन सरकारसँग भिडियो कन्फ्रेन्स गरेको थियो । त्यसकै आधारमा समितले जिटुजी मार्फत खरिद गर्न लागेको स्वास्थ्य उपकरण खरिद गर्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिइएको छ । गत चैत्र १६ गते मन्त्रिपरिषदबाट कोभिड१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार –सरकार ९जिटुजी० अन्र्तगत खरिद गर्ने निर्णय गरेको थियो ।




