गाईघाट। कोभिड –१९ को जोखम हुन नदिन बन्दाबन्दी (लकडाउन )जारी भएपछि त्रियुगा नगरपालिकाभित्र रोजगारी गुमाएका तथा दैनिक ज्यालादारी गर्ने मजदूरलाई नेपाली काँग्रेस त्रियुगा नगर समितिले ६० क्वीन्टल चामल राहत उपलब्ध गराएको छ ।
काँग्रेस नगर समितिका सभापति सरोज बस्नेतको संयोजकत्वको समितिले नगरपालिका भित्रका गरिब, मजदूर र दैनिक ज्यालादारी गर्नेलाई त्रियुगा नगरपालिका मार्फत् दुईलाख चालीस हजार बराबरको ६० क्वीन्टल चामल राहत उपलब्ध गराएको जानकारी दिए ।
नगर समितिले आफ्ना सदस्य तथा पदाधिकारीबाट नगद सङ्कलन गरी त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीलाई राहत वितरणको लागि हस्तान्तरण गरेको संयोजक बस्नेतले बताए । उनले भने“नेपाली काँग्रेस अहिले प्रतिपक्षमा रहेर सङ्घ, प्रदेश तथा स्थानीय तहमा कोभिड –१९ को जोखिम हुन नदिन सहयोग गर्दै आएको छ । ” नगरभित्र अहिले झण्डै चारहजार गरिब तथा मजदूरहरुलाई राहत बितरण गर्ने कार्य त्रियुगा नगरपालिकाले सम्पन्न गरिसकेको र अन्यलाई पनि वितरण कार्य अभियान अगाडी बढाइरहेको नगरप्रमुख चौधरीले जानकारी दिए।
ताजा समाचार




