ताजा समाचार

फेरि अर्का भूपू गोर्खा सैनिकको मृत्यु, बेलायतमा मर्ने नेपालीको संख्या ९ पुग्यो

लण्डन । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतमा फेरि अर्का एक भूपू सैनिकको मृत्यु भएको छ । बेलायतको रेडिङ्रेरखमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको थियो । गुरु ‘सिक्स जीआर डब्लुओ टू’ का रिटाएर्ड गोर्खा सैनिक हुन् ।

नेपालको कास्की जिल्लाको घान्द्रुक घर भएका गुरुङका श्रीमती र दुई छोरीहरु बेलायतमा नै बस्दै आएका थिए ।

अहिलेसम्म बेलायतमा कोरोनाकै संक्रमणबाट ६ जना पूर्व गोर्खा सैनिकको ज्यान गइसकेको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या भने ९ जना पुगेको छ भने बेलायतमा मात्र ११ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *