ताजा समाचार

प्रधानन्यायाधीशद्वारा नयाँ वर्षको शुभकामना   

काठमाडौँ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नयाँ वर्ष २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गरेका छन। प्रधानन्यायाधीश जबराले जारी गरेको शुभकामना सन्देशमा सिङ्गो मानव समुदायलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि उच्च मनोबल र सकारात्मक सोचका साथ सबै एकजुट भई अगाडि बढ्न थप ऊर्जा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।

सन्देशमा कोरोना भाइरस सम्भावित सङ्क्रमणबाट बच्न सर्वोच्च अदालतसहित देशभरका अदालतमा तथा न्यायाधीकरणहरुको सेवा प्रवाह सङ्कुचनमा ल्याई सीमित गरी अति आवश्यक सेवा मात्र सञ्चालन गरिरहेको उल्लेख छ । देशभर लकडाउनको अवस्था भएको हुँदा अदालत तथा न्यायिक निकायबाट भइरहेको सीमित सेवा प्रवाहमा संलग्न न्यायाधीश, कर्मचारी, सरकारी वकिललगायत सबैलाई नयाँ वर्षमा कोरोना भाइरसविरुद्ध लड्न थप जोस, जाँगर र उत्साह पैदा हुने भन्ने शुभकामना व्यक्त गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *