धरान।नेपाली कांग्रेस सुनसरीका नेता शिवनारायण उरांवको ५९ वर्षको उमेरमा निधन भएको छ ।मुटुमा समस्या आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनको हृदयघातवाट निधन भएको हो ।
पहिलो संविधान सभाका सदस्य समेत रहेका उनी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सकृय रहेका थिए । उनी २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा तत्कालीन नरसिंह गाविस अध्यक्ष समेत चुनिएका थिए । हाल नेपाली कांग्रेसको महासमिति सदस्य रही राजनीतिक एवम् सामाजिक क्षेत्रमा सकृय रहंदै आएका उनको निधनले पार्टींलाई अपुरणीय क्षति पुगेको सुनसरी कांग्रेसले जनाएको छ ।
स्व. उरांवको पार्थिव शरीरमा नेपाली कांग्रेस सुनसरीका सभापति एवम् १ नं. संसदीय दलका नेता राजिव कोइरााल, सांसद सिताराम मेहता, वरिष्ठ नेता प्रदीप चौधरी लगायतले नेपाली कांग्रेस पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेको सुनसरी सचिव एवम् प्रवत्ता सुजेन्द्र गालेले बताए । उनको आजै अन्तिम दाहसंस्कार गरिएको छ ।
स्वर्गीय उरांवका श्रीमती, दुई छोरा र चार छोरी छन ।




