काठमाडौं । विश्वभर १८ लाख ५२ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार बिहानसम्मको तथ्यांक अनुसार १ लाख १४ हजार १ सय ९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
आइतबार मात्र विश्वभर ५ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । भने विश्वभरमा ७२ हजार नयाँ संक्रमित देखिएको छन् ।
त्यस्तै, ४ लाख २३ हजार ३ सय ११ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमण अमेरिकामा सबैभन्दा धेरैलाई पुष्टि भएको छ। त्यहाँ ५ लाख ५५ हजार ३ सय १३ जनालाई संक्रमण पुष्टि भएको छ।
उता बेलायतमा विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या चीनभन्दा धेरै भएको छ। सोमबार बिहानसम्मको तथ्यांक अनुसार बेलायतमा ८५ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ।
यो संख्या चीनभन्दा २ हजार ७२ ले बढी हो। ती संक्रमितमध्ये १० हजार ६२९ जनाको ज्यान गएको छ भने ६२६ जना निको भएका छन्।




