कोशी प्रदेश

पूर्वराज्यमन्त्री खड्काद्वारा स्वास्थ्य सामग्री समन्वय प्रमुखलाई हस्तान्तरण

 सङ्‍खुवासभा।नेपाली काँग्रेसका नेता तथा पूर्वराज्यमन्त्री दिपक खड्काले आफ्नो गृहजिल्ला संखुवासभामा अन्ततः रातारात काठमाण्डौबाट आएर एक कार्यक्रमका वीच जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने अत्यावशकीय स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खड्काले स्वास्थ्यकर्मीहरु स्वास्थ्य सामग्री त्यसमा पनि पीपीईको अभावमा स्वाव परीक्षण देखि कोरोनाका शंस्कास्पद विरामीको उपचारमा सहजता पुगोस भन्ने उदेश्यले अत्‍यावश्यकीय स्वास्थ्य सामग्री उपलब्ध गराएकाे बताए । यो विपद्को बेला आफूले सकेको सहयोग स्थानीय सरकारमार्फत  गरेको बताए । यसैगरी जिल्ला समन्वय समिति प्रमुख शुमन शाक्यले यस्तो जटिल अवस्थामा अत्यावश्यकीय स्वास्थ्य सामग्री उपलब्ध गराएर स्वास्थ्यकर्मीहरुको उर्जा थप्दै मनोवल बढाउने कार्य गरेकाेमा पूर्वराज्यमन्त्री खड्कालाई धन्यवाद दिए। उनले जोकसैले सहयोग गर्न चाहे लिने र सम्बन्धित तहमा पुर्याउन आफू तत्पर रहेको प्रतिवद्धता समेत व्यक्त गरे। कार्यक्रममा कोरोना भाइरस विरुद्ध जिल्ला स्तरमा गठन गरिएको राजनीतिक सर्वदलीय समितिका संयोजक हेमराज घिमिरेले आपतको वेला पुर्याएकाे सहयोग अतुलनीय रहेको बताए  । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठ¸ समाजवादी पार्टीका अध्यक्ष कवानसेन राई¸ पत्रकार महासंघका अध्यक्ष इन्द्रकुमार गिरी लगायतका सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

विश्वभर फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसलाई नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने अत्यावशकीय पीपीई सहितका स्वास्थ्य सामग्री जिल्लाका दशै पालिकालाई समानुपातिक रुपले व्यवस्था गरी सर्वदलीय नेतृत्व सहित जिल्ला भित्रका स्थानीय प्रमुखहरुको उपस्थितिमा पूर्वमन्त्री खड्काले जिल्ला समन्वय प्रमुख शाक्यलाई जिल्लाको चैनपुरको टुँडिखेलमा सामाजिक दूरी कायम गरी एक कार्यक्रमका वीच हस्तान्तरण गरेकाे नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरेले जानकारी दिए ।

पूर्वराज्यमन्त्री खड्काले जिल्लाका दशै स्थानीय तहका स्वास्थ्य संस्थालाई लक्षित गरी ६५ थान पीपीई सेट¸ १२५ थान साधारण पीपीई¸ ६० लिटर सेनिटाइजर¸ ६००० थान सर्जिकल मास्क¸ १ हजार २ सय थान सर्जिकल ग्लोव्स उपलब्ध गराएकाे जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्यले जानकारी दिए। समन्वय प्रमुख शाक्यका अनुसार पूर्वराज्यमन्त्री खड्काले नेपाली जनसम्पर्क जर्मनीबाट समेत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी जिल्लाका स्वास्थ्य संस्थाहरुले प्रयोग गर्नेगरी ८ सेट पीपीई सामग्री¸ १० पिस १ सय एम एलका सेनिटाइजर¸ यसैगरी ५० थान सर्जिकल मास्क र १ सय थान सर्जिकल ग्लोव्स उपलब्ध गराएकाे जानकारी दिए  ।

पूर्वराज्यमन्त्री खड्काले जिल्लामा स्वास्थ्य सामग्री ल्याउने प्रयोजनका लागि सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारीलाई लिखित पत्रद्वारा जानकारी गराई जिल्लामा जतिसक्दो चाँडो ल्याउनका लागि हेलिकप्टरको व्यवस्थाका लागि सिफारिस माग गरेका भएपनि प्रशासनले हेलिकप्टर उडानमा रोक लगाएर गाडीको पास दिएसँगै पूर्वराज्यमन्त्री खड्काले गाडीबाट चैनपुर  स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन ।

पूर्वराज्यमन्त्री खड्काले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रत्येक पालिकालाई डक्टरी पीपीई ५ थान¸ सेक्युरीटी पीपीई १० थान¸ सेनिटाइजर ५ लिटरका दरले १० वटा¸ मास्क ५०० थानका दरले र सर्जिकल ग्लोव्स १०० का दरले उपलब्ध गराएका थिए । यसैगरी वनले डक्टरी पीपीई १५ सेट¸ सेक्युरिटी पीपीई २५ सेट¸ सेनिटाइजर २० लिटर¸ मास्क १००० थान र ग्लोव्स २०० थान समेत आवश्यकताका आधारमा दिनेगरी जिल्ला समन्वय समितिका संयोजक शाक्यलाई हस्तान्तरण गरेकाे नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मादी नगरपालिकाका नगरप्रमुख विदुरकुमार सुब्बा¸ धर्मदेवी नगरपालिकाका नगरप्रमुख रमेशकुमार जिमी¸ पाँचखपन नगरपालिकाका नगरप्रमुख विपिनकुमार राई¸ भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे¸ सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर राई¸ यसैगरी सभापोखरी गाउँपालिकाका रत्न सुब्बा¸ चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पालाइ  उक्त स्वास्थ्य सामग्रीहरु समन्वय समितिका संयोजक सुमन शाक्यले  हस्तान्तरण गरे ।

यसैगरी बाँकी स्वास्थ्य सामग्री समन्वय प्रमुख शाक्यले मंगलवारसम्ममा उपलब्ध गराउने व्यवस्था मिलाएको जानकारी दिए । पूर्व राज्यमन्त्री खड्काले नेपाल सरकारको कोरोना राहत कोषमा ५ लाख रकम जम्मा गरेका छन भने जिल्लाका हरेक सार्वजनिक स्थलहरुमा २ दर्जन ट्याङ्की समेत हात धुने प्रयोजनका लागि उपलब्ध गराएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *