ताजा समाचार

पूर्वमन्त्री बस्नेतले सञ्चारकर्मीलाई पीपीइ सेट उपलब्ध गराए

सिन्धुपाल्चोक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकका सञ्चारकर्मीलाई पिपिइ सेट उपलब्ध गराएका छन । उच्च जोखिम मोलेर समाचार संकलन र सम्प्रेषण गर्नु पर्ने भएकाले जिल्लाका सञ्चारकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पूर्वमन्त्री बस्नेतले पीपीइ सेट उपलब्ध गराएका हुन ।
पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य संस्थाका अलवा प्रहरी, एम्बुलेन्स चालक र पत्रकारहरुलाई पीपीइ सेट, थर्मल गन,माक्स,सेनिटाइजर,ग्लोब्सलगायतका अत्यावस्यक सामाग्रीका साथै विपन्नलाई खाध्य सामाग्री उपलब्ध गराउदै आएका छन ।


बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएपछि अग्रपंक्तिमा रहेर जनतालाई सूसुचित गराउने सञ्चारकर्मीहरुलाई कोरोना भाइरसको जोखिमबाट बच्न सहयोग पुगोस भनेर पीपीइ सेट उपलब्ध गराएको पूर्वमन्त्री बस्नेतले बताए । पूर्वमन्त्री बस्नेतले भने अहिले बिश्वमा कोरोनाको महामारी भएको छ । यसबाट नेपाल पनि अछुतो छैन । नेपालमा कोरोनाको सङ्क्रमित देखिएपछि नेपाल अहिले लकडाउनमा छ । राज्यले सञ्चारकर्मीहरुलाई कार्यक्षेत्रमा सुरक्षित रहने सामाग्री उपलब्ध नगारएर सञ्चारकर्मीहरु माथि ठूलो अन्याय गरेको छ । सञ्चारकर्मीहरु अग्रपंक्तिमा काम गर्न खटिनु पर्ने भएकोल हामीले संचारकर्मीहरुको सुरक्षाको लागि पीपीइ सहयोग गरेको हौं ।

पूर्वमन्त्री बस्नेतले राष्ट्रवाणी डटकमका सहसम्पादक रामचन्द्र दुलाल, एपिवानका सिन्धुपाल्चोक सम्वाददाता निरोज चौलागाईं, नेपाल टेलिभिजनका सिन्धुपाल्चोक सम्वाददाता नेत्र पौडेल, गोरखापत्र दैनिकका सिन्धुपाल्चोक सम्वाददाता चित्र मिजार, प्राइम टेलिभिजनका सिन्धुपाल्चोक सम्वाददाता प्रीतम तामाङलाई पीपीइ सेट उपलब्ध गराएका हुन । पीपीइ सेट पाएसंगै सिन्धुपाल्चोकका सञ्चारकर्मीहरु खुसी हुँदै कार्यक्षेत्रमा सुरक्षित भएर काम गर्न पीपीइ सेट उपलब्ध गराई हौसला प्रदान गर्ने पूर्वमन्त्री बस्नेतलाई धन्यवाद दिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *