ताजा समाचार

सिलिचोङ गाउँपालिकाद्वारा ३ सय ९५ घर परिवारलाई राहत वितरण

सङ्खुवासभा।सङ्खुवासभा जिल्लाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिकाले आफ्नो पालिका भित्रका ३ सय ९५ घर परिवारलाई राहत उपलब्ध गराएको छ ।

कोभिड १९ अर्थात कोरोना भाइरस विश्वभर फैलिएसँगै देश लकडाउन भएका कारण दैनिक मजदुरी गर्ने परिवार यो वेला अभावमा छन् । यो वेला स्थानीय सरकारले सकेको सहयोग गर्नुपर्छ भन्दै स्थानीय सरकारको जिम्मेवारीका नाताले १७ दिनदेखि घरमै लकडाउनका कारण बसीरहेका विपन्न गरिव र श्रमिक परिवारको पहिचान गरी आफ्ना पालिका क्षेत्रका लक्षित वर्गलाई राहत वितरण गर्ने क्रममा यस गाउँपालिकाले प्रति घरपरिवारलाई आधारमा ३० केजी चामल¸ तेल¸ नुन र साबुन सहित मास्क समेत वितरण गरिएको छ ।

पालिकाका ५ वटै वडाका स्थानीयवासीहरुलाई मास्क र सावुन यस अघि नै उपलब्ध गराइसकिएको जानकारी दिँदै आजै पालिकाको वडा नं १ को सिसुवाखोलाका ९४ घर परिवार¸ वडा नं २ को वालाका १ सय घर परिवार¸ त्यसै गरी वडा नं ३ को ताम्कुका १ सय ३ घरपरिवार¸ त्यसैगरी वडा नं. ४ को माङ्तेवाका ८० घरपरिवार¸ त्यसैगरी वडा नं. ५ याफुका १८ घरपरिवारमा राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राम कुलुङले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *