सङ्खुवासभा। नेपाली कांग्रेसका युवा नेता एवं पूर्वराज्य मन्त्री दिपक खड्काले नोवल कोरोना भाइरस रोकथाम गर्ने उदेश्यले सङ्खुवासभाका दशै पालिका क्षेत्रको भिडभाड हुने ठाउँलाई लक्षित गरी २ दर्जन बढी हिलट्याङ्की सहित सावुनको व्यवस्था गरेका छन ।

सर्वसाधारण जनताहरुलाई नियमित रुपमा सावुन पानीले हात धोएर सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता दिपक खड्काले ५ सय लिटर क्षमताका डेढ दर्जन र ३ सय देखि २ सय लिटर क्षमताका आधा दर्जन हिलट्याङ्की जिल्लाका शहरी क्षेत्रमा उपलब्ध गराएका हुन । पूर्वराज्य मन्त्री खड्काका अनुसार यो महाविपत्तिको वेला आफूले सकेको जस्तोसुकै सहयोग जिल्लावासीलाई गर्न आपूm तयार रहेको बताए । काठमाडौँमा डेरागरी बस्दै आएका विद्यार्थी, श्रमिक मजदुर सबैलाई आफूले सकेको सहयोग गरेको समेत खुलासा बताए ।

पूर्व राज्य मन्त्री खड्काले यसअघि नेपाल सरकारको कोभिड १९ राहत कोषमा ५ लाख एकसाता अघि जम्मा गरेर नेपाल सरकारलाई सहयोग पुर्याएका छन । नेता खड्कासँग टेलिफोन सम्पर्क गर्दा राहत कार्यक्रमलाई थप व्यवस्थित बनाउन र लक्षित वर्गलाई राहत चाँडो उपलब्ध गराउन देशका सबै तहका सरकारहरुलाई आग्रह समेत गर्नुभयो । नेता खड्कालाई जिल्लाका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई पीपीई सहितका स्वास्थ्य सामग्री जिल्लाका दशै पालिकामा अपुग भइरहेको वेला यथासक्य सहयोग आफूले गर्न तत्पर रहेको जानकारी दिँदै जतिसक्दो चाँडो न्यूनतम स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्री दिएर यो संकटको वेला सरकारलाई सहयोग गर्न आफू तयार रहेको समेत सञ्चारकर्मीसँग बताए ।






