ताजा समाचार

दरबन्दी खाली भएको दुई महिनापछि १० एसएसपीको डीआईजीमा बढुवा

काठमाडौँ । दरबन्दी खाली रहेको २ महिनापछि नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

दरबन्दी कटौती भएलगत्तै बढुवा प्रक्रिया सुरु भएको थियो । १० डीआईजीको लागि ३४ एसएसपीहरुको कडा प्रतिस्पर्धा थियो । जसमा बढुवा समितिको बैठकले एसएसपी घनश्याम अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
त्यसैगरी प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *