ताजा समाचार

काेराेना चपेटामा अमेरिकाः पछिल्लो २४ घण्टामा २ हजार ४३ जनाको मृत्यु

काठमाडाैं । अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४३ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १८ हजार ७ सय २५ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित भेटिएका छन् । यससँगै हालसम्म कूल संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ ।

संक्रमितमध्ये १० हजार ९ सय १७ जनाको स्थिती निकै गम्भीर छ भने २७ हजार ३ सय १४ जना संक्रमित निको भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *