काठमाडौं।कोरोनाको महामारीसंग जुध्न सरकारी प्रयस अप्रयाप्त भइरहेका बेला सिन्धुपाल्चोकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री माेहन बहादुर बस्नेतले व्यक्तिगत पहलमा स्वास्थ्य समाग्री वितरण गरिरहेका छन । शुक्रबार चाकु उपस्वास्थ्य चौकी मार्मिङमा पूर्वमन्त्री बस्नेत र नेपाली काग्रेस मार्मिङका एकाई सभापति पासाङ नोर्बु लामाको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत गरेका थिए । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा युधीर पौडेल, ज्ञानेन्द्र थापालगायतको उपस्थिति थियो ।

लकडाउन घोषणा भएको भोलिपल्ट सिन्धुपाल्चोक पुगेका पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकका अधिकासं स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । नेता बस्नेतले पीपीइ सेट, थर्मल गन, मास्क, सेनिटाइजर, ग्लोब्स, क्याप, पारासिटामोलजस्ता अत्यावस्यक स्वास्थ्य सामाग्री स्वास्थ्य संस्था, प्रहरी, एम्बुलेन्स चालकलाई वितरण गर्दै आएका छन ।लकडाउन भएलगत्तै नेपाली बजारमा अभाव देखिएको पीपीइ सेटलगायत अत्यावस्यक स्वास्थ्य सामाग्री पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा उपलब्ध गराउदै आएका छन । पछिल्लो समय स्थानीय तहमा जोरो नामप्ने उपकरण थर्मल नभएको गुनासो बढेपछि थर्मल गन समेत बस्नेतले उपलब्ध गाराउदै आएका छन ।
क्षेत्रीय सभापति बालकृष्णले प्रवन्ध गरेकाे खाद्यन्न पूर्वमन्त्री बस्नेतले लकडाउन भएलगत्तै सडक मजदुर र वृद्धवृद्धालाई १५ किलोको दरले चामल, दाल,नुन,तेल जस्ता खाद्यन्न वितरण गरेका थिए । बस्नेतले व्यक्तिगत रुपमा प्रतिव्यक्ति १५ केजी चामल उपलब्ध गराउदा बह्रविसे नगरपालिकाले तीन चामल लकडाउन भएको करिव १५ दिनपछि वितरण गरेको थियो । राज्य नपुगेको ठाउँमा पुगेर पूर्वमन्त्री बस्नेत महामारी नियन्त्रणमा खटिरहेका छन ।
कोरोना महामारीको जोखिमबाट जिल्लाबासीलाई जोगाउन अत्यावस्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका पूर्वमन्त्री बस्नेतले संकल्प खबरसंग कुरा गर्दै भने सरकार आजसम्म कुन दुनियाँमा छ मलाई थाह छैन, हामिले त सिन्धुपाल्चोकको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ केन्द्र, स्वास्थ चौकी, उपस्वास्थ्य चौकी, प्राइभेट हस्पिटल, सीमा प्रहरी चौकी, सीमा प्रहरी चेक पोस्ट, सीमा हेल्प डेस्कमा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौ। यो कार्य नेकपाका केही नेता कार्यकर्तालाई सैह्य भएको छैन । हामिलाई अवरोध गर्ने, गिरफ्तार गर्न प्रसाशनलाई दवाव दिने, पास खोस्न लगाउने कार्य गरेका नेकपाका नेताहरु संकटको बेला राहत बडो भनेर मलाइ मुद्धा हाल्न लागेका छन । याे भन्दा हास्यासपद के हुन्छ ।
निरन्तर जनताको सेवामा समर्पित पूर्वमन्त्री बस्नेतले जुरेको पहीरो होस या भूकम्पले तहसनहस बनाएको अवस्थामा होस जिल्लावासीले विर्सन नसक्ने गुन लगाएको छन ।
लकडाउन भएको १९ दिन वितिसक्दा समेत सरकारी पक्षबाट सिन्धुपाल्चोक बासीले राहत पाउन सकेका छैनन । जनताको आखामा छारो हाल्न तथ्यांक संकलनमा बल्ल सरकारका प्रतिनिधि खटिएका छन । सिन्धुपाल्चोकमा दुई प्रदेश मन्त्री र सभामुख समेत छन । उनीहरुले विपदको बेलामा व्यक्तिगत तवरबाट राहत र स्वास्थ्य सामाग्री उपलब्ध गराउन त सकेनन सकेनन सरकारी तवरबाट पनि सामाग्री उपलब्ध नगराएको गुनासो सिन्धुपाल्चोकबासीको छ ।

रामचन्द्र दुलाल




