ताजा समाचार

साढे दुई अर्ब अनुदान रकमको मेडिकल सामाग्री पठाइदिन चीन सरकारलाई सेनाकाे आग्रह

काठमाडौं । नेपाली सेनाले चीन सरकारसँग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक सामग्री दिन अनुरोध गरेको छ । चीनले गत वर्ष नेपाली सेनाको स्तरवृद्धिका लागि अनुदानमा दिने प्रतिवद्धता जनाएको करिब २ अर्ब ५९ करोड नेपाली रुपैयाँको बदलामा औषधि र उपचारका लागि अत्यावश्यक सामाग्री दिन अनुरोध गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा रहेका बेला चीनले नेपाली सेनाको स्तरवृद्धिका लागि अनुदानस्वरुप सो रकम दिने प्रतिवद्धता जनाएको थियो । ‘चीन सरकारले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि दिने भनेको रकमको मेडिकल सामाग्री माग गर्ने निर्णय भएको हो’, नेपाली सेना स्रोतले भन्यो ।
यही चैत्र १६ गते मन्त्रीपरिषदबाट कोभिड९१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार –सरकार ९जिटुजी० अन्र्तगत खरिद गर्ने निर्णय गरेको थियो ।
नेपाली सेनामार्फत ९जिटुजी० विधिबाट मेडिकल सामग्री खरीदका लागि परराष्ट्र मन्त्रालयले मेडिकल सामग्री दिन सक्ने सम्भावित पाँच मुलुक चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई पत्राचार गरिसकेको छ । सरकारद्वारा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९ अप्रेशन ९सीसीएमसी–अप्स० अन्तर्गतको ‘मेडिकल अप्सले तयार पारेको मेडिकल सामग्रीको सूची रक्षामन्त्रालयको स्वीकृतिपछि सम्बन्धित मुलुकमा पत्राचार भएको हो । निर्णयको कार्यान्वयका लागि नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा अन्य सामग्री खरीद ईकाई गठन गरिसकेको छ । नेपाली सेनाले कोभिड–१९ को उपचारका लागि व्यवस्थापन निर्देशिका समेत जारी गरेको छ । सेनाले कम्तीमा २० दिन भित्र अन्र्तराष्ट्रिय मुलुकहरुबाट मेडिकल सामग्री नेपाल भित्राउने दाबी गर्दै आएको छ । र त्यसका लागि कुनै पनि मध्यस्थकर्ताको सहयोग नलिने सेनाले घोषणा गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *