ताजा समाचार

प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएकाे भन्दै दुइ पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का ४६ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्रहरीको साइबर ब्यूरोको टोलीले दुवैलाई पक्राउ गरेको हो ।
बिहीबार पक्राउ परेका उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ र विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनअनुसार अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *