एजेन्सी ।वश्वमै महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट अहिले सबैभन्दा बढी अमेरिकामा प्रभावित बनेको छ । त्यहाँ दैनिक २ हजारको हाराहारीमा मृत्यु भइरहेको छ ।
पछिल्लो २४ घन्टामा १९ सयको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्।
वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ। यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा करिब ४ गुणाले बढी हो।




