ताजा समाचार

लकडाउनले काठमाडौंमा अड्केकाहरुलाई भोली र पर्सी घर जान दिने सरकारको निर्णय

काठमाडौं । सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।
लकडाउन लम्बिएसँगै मानिसहरु हिडेरै आफ्नो थाकथलो फर्कन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन।

११ चैतबाट देशभर लकडाउन लागु भएको छ । बैशाख ३ गतेसम्म लकडाउन लागु गरिएकाे छ भने लकडाउन लम्बिन सक्ने संकेत प्रधानमन्त्रीले गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *