ताजा समाचार

बहराइन थप १० जनामा देखियाे काेराेना, सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुग्याे

काठमाडाैं । विदेशमा रहेका नेपालीमा काेराेना संक्रमण बढिरहेकाे छ । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामा स्थित नेपाली दुतावासले बुधबार एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देखिएको जनाएको छ।

योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *