ताजा समाचार

समाजसेवी राणाद्वारा सञ्चारकर्मीलाई माक्स र सेनिटाइटर वितरण

काठमाडौं।समाजसेवी माण्डवी राणा बस्नेतले माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेकी छन । सामाजिक अभियान्ता समेत रहेकी राणाले एभिन्युज सञ्चार गृहलाई माक्स र सेनिटाइजर हस्तान्तरण गरेकी हुन ।
लकडाउन जारी रहेको अवस्थामा राणाले एभिन्युजका प्रतिनिधिलाई आज बुधवार विहन स्वास्थ्यसामाग्री हस्तान्तरण गरेकी हुन ।
जोखिम मोलेर सूचना प्रवाह गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर कार्यक्षेत्रमा सहज होस भन्ने उद्देश्यले माक्स र सेनिटाइजर हस्तान्तरण गरेको राणाले बताइन । राणा कांग्रेस केन्दीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतकी श्रीमति हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *