ताजा समाचार

आत्महत्या गर्न कालीगण्डकीमा हामफालेकी महिलाकाे सकुशल उद्धार

पर्वत । आत्महत्या गर्न कालिगण्डकी नदीमा हाम फालेकी एक महिलालाई पर्वतको जलजला गाउँपालिकाका युवाहरुले सकुसल उद्धार गरेका छन् । सिन्धुपाल्चोक जिल्ला घर भई मजदुरी गर्ने अन्दाजी ३२ वर्षीया देवी थापा नाम गरेकी महिला पर्वतको जलजला गाउँपालिका–३ दोबिल्लाबाट कालिगण्डकी नदीमा हामफालेकी थिइन् ।

मङ्गलबार साँझ करिब ६ बजे पिपलबोट युवा क्लबका सल्लाहकार सन्दीप गुरुङसहितका युवाले महिलाको सकुशल उद्धार गरेको प्रत्यक्षदर्शी स्थानीय टङ्क शर्माले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *