एजेन्सी । काेराेना भाइरसले भयावह रूप लिएकाे अमेरिकामा पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।
उता चीनमा पछिल्लाे २४ घन्टामा कुनै पनि संक्रमितकाे मृत्यु भएकाे छैन । नयाँ संक्रमित भने बेइजिङमा ३१ जना भेटिएकाे छ । उता काेराेना भाइरस सुरूमा भेटिएकाे चीनकाे हुबे प्रान्तकाे वुहानमा लकडाउन समेत खाेलिएकाे छ । चीनमा अहिलेसम्म८१ हजार ७ सय ४० जना संक्रमित भेटिएका छन् भने ३ हजार ३ सय ३१ जनाकाे यही भाइरसबाट निधन भएकाे छख ।




