ताजा समाचार

कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित

काठमाडौं । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । देशमा फैलिएको कोरोना भाइरसको जोखिम तथा लकडाउनको स्थिति भइरहेकोले कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको हो ।
कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । बाेर्डले विद्यार्थीहरूलाइ घरमै स्वअध्ययन गर्न सुझाव दिएकाे छ । यसअघि एसइइ र त्रिविबाट संचालन हुने सबै परीक्षा स्थगित भएकाे थियाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *