ताजा समाचार

प्रधानमन्त्री ओलीले ११ वजे राष्ट्रका नाममा सम्बोधन गर्ने   

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ : ०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन । उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ ।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *