ताजा समाचार

अमेरिकामा एकैदिन १२ सय बढीकाे मृत्यु, संक्रमितको संख्या ३ लाख ६७ हजार

एजेन्सी । अमेरिकामा काेराेना भाइरस (काेभिड १९) काे  अवस्था भयावह बन्दै छ । काेराेनाबाटद ज्यान गुमाउनेकाे दर दिनानुदिन बढ्दै छ भने नयाँ संक्रमित तीस हजारकाे हाराहारीमा भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण १२ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ हालसम्म १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । संक्रमितमध्ये ८ हजार ८ सय ७९ को स्थिती गम्भीर बताइएको छ ।

यद्यपि, यहाँ १९ हजार ६ सय ७१ संक्रमित निको भएर घर फर्किसकेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् । उनले अमेरिकामा २ लाख ४० हजार सम्म मानिसकाे मृत्यु हुने अाँकलन गरेका छन् ।

उता इटालीमा भने मृत्युदर घट्दाे क्रममा छ । त्यहाँ पछिल्लाे २४ घन्टामा ६ सय ३६ काे ज्यान गएकाे छ । याेसँगै मर्नेकाे संख्या १३ हजार ५ सय २३ पुगेकाे छ । फ्रान्समा भने ८ सय ३३ जनाले विगत २४ घन्टामा ज्यान गुमाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *