ताजा समाचार

कोरोना कहरः फ्रान्स र इटालीमा घट्यो मृत्युदर, अमेरिकामा भने तिव्र गतिमा बढ्यो

काठमाडौं । विश्व जगतलाई नै आतंकित बनाएको महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणले अहिले सबैभन्दा बढी अमेरिका असर पारेको छ ।
त्यहाँ विगत २४ घन्टामा ११ सय ६५ जनाको ज्यान गएको छ । यो मृत्युदर अमेरिकामा अहिलेसम्मकै उच्च हो । त्यसैगरी २५ हजार बढीमा एकैदिन संक्रमण देखिएको छ । यो सँगै अमेरिकामा संक्रमितको संख्या ३ लाख ३६ हजार ६ सय ७३ जना देखिएका छन् ।

उता इटाली र फ्रान्समा पछिल्लो एक साताको तथ्यांकका आधारमा न्यून मृत्यु भएको छ । गत २४ घण्टाभित्र इटालीमा ५२५ जनाको ज्यान गएको छ ।
इटालीमा थप ४ हजार ३१६ नयाँ संक्रमित भेटिएका छन्। यससँगै इटालीमा १ लाख २८ हजार ९४८ मा संक्रमण पुष्टि भइसकेको छ।

भने फ्रान्समा ५१८ जनाले ज्यान गुमाएका छन्। यससँगै कोरोना संक्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या ८ हजार ९३ पुगेको छ ।

फ्रान्समा गत २४ घण्टाभित्र २ हजार ८८६ थप संक्रमित भएका छन्। यससँगै फ्रान्समा संक्रमित संख्या ९३ हजार ७७३ पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *