ताजा समाचार

अमेरिकामा बाघमा पनि देखियो काेराेना संक्रमण

एजेन्सी । अमेरिकाको एक चिडियाखानामा रहेको चार बर्षिया बघीनीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

न्यूयोर्क शहरमा रहेको ब्रोंक्स चिडियाखानामा रहेको सो बाघमा कोरोनाको परीक्षणको सकारात्मक देखिएको बताएको छ । ।

पशु चिकित्सकहरुले चिडियाखामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिएका छन्। ती जनावरहरुमा समेत कोरोना लक्षण देखिएको र सास फेर्न सकस भोगिरहेको अमेरिकीको कृषि विभाग (युएसडीए) ले जनाएको छ।
ति जनावरहरुलाई लगातार सुख्खा खोकी लागेको र निकै समयसम्म निको नभएपछि कोेरोना भाइरस परीक्षण गरिएकोे थियो । ति जनावरमा चिडियाखानामा काम गर्ने हरुबाट सरेको बताइएको छ ।

‘हामीले धेरै सावधानीबाट परिक्षण गर्‍यौं र कोविड १९ को बारेमा जनावरमा कस्तो असर पर्छ भन्ने थाहा पायौं । यसले विश्वलाई कोरोनाभाइरसको बारेमा निरन्तर बुझ्नको लागि योगदान पुर्‍याउनेछौं, चिडlयाघरले आइतबार एक विज्ञप्तिमा भन्यो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *