ताजा समाचार

अमेरिकामा एकै दिन चारजना नेपालीको निधन   

वाशिङटन डिसी।अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन । सबै न्युयोर्कमा बस्दै आउनुभएका थिए । निधन हुभका परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *