ताजा समाचार

काेराेनाकाे चपेटामा अमेरिका- ३ लाख ११ हजार बढीमा देखियाे संक्रमण

काठमाडौं । अमेरिकामा कोराना भाइरसको संक्रमणबाट संक्रमण हुनेकाे संख्या विश्वकै सबैभन्दा बढी रहेकाे छ ।

वर्ल्डोमिटरको आइतबार बिहानसम्मको पछिल्लो आँकडा अनुसार, संक्रमितको कूल संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगिसकेको छ जसमध्ये ८ हजार २ सय ६ जनाको स्थिती गम्भीर छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् । हालसम्म १४ हजार ७ सय ४१ जना संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

अन्य देशकाे तुलनामा अमेरिकामा तिव्रताका साथ संक्रमितकाे संख्या बढिरहेकाे छ । अझै पनि अमेरिकामा पूर्ण लकडाउन लगाएकाे छैन । राष्ट्रपति डानाल्ड ट्रम्पले नै मर्नेकाे संख्या २ लाख बढी हुने अाँकलन गरेकाे बेला संक्रमितकाे संख्या पनि बढिरहेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *