ताजा समाचार

कोरोना कहर : ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय, १२ लाख संक्रमित

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ९१ पुगेको छ।

वल्डोमिटरमा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार, कुल १२ लाख १४ हजार ७३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

त्यस्तै, २ लाख ४६ हजार ३ सय ८३ जना उपचारपछि निको भएका छन्। अझै पनि ४२ हजार ३ सय ८८ जना सिकिस्त बिरामी छन् । विगत २४ घन्टामा मात्र ८४ हजार ८ सय ११ जना नयाँ संक्रमित थपिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *