कला/साहित्य

काेराेनाले उब्जाएकाे कविताः शुन्यता

कविताः शुन्यता

तेज सुर्यका रश्मीहरू
तेर्सिरहेछ्न् धर्तिमा एकनास
झ्यालबाट चिहाईरहेछ्न् मान्छेहरू
खाली सडकमा

बर्षान्तीको समय हो बिधालयको
हुनु पर्ने हो गल्लीहरुमा
गोल ढलाई खेलिरहेका नानीहरु
थुनिएछ बालसखा
कैदिबन्दिझै, भाडाका चार भित्तामा

सन्नाटा बोकेर बिहान आउँछ
र ढल्छ दिन सन्नाटा हुर्काएर
ओईलिरहेछ्न् अनुहारहरु
एक ढोका र चार दिबार बिचमा

बज्दैनन् घण्टा मन्दिरमा
न बज्छ उमंग सिनेमामा
बज्छ्न् त केबल
टेलिभिजन, रेडियो र मोबाइलहरु
बोकेर संन्त्रासका खबरहरु

सुनसान सडक, लाग्छ्न्
एम्बुलेन्स र शबबाहनका पेवा हुन्
पाएका छैनन् मुर्दाहरुले मलामी
न पाएका छन् वरिष्ठहरुले सलामी

समय बडो त्रासदी पुर्ण
पल पल मृत्युका खबरहरु
याम बसन्तको हो
तर कोईली गाउन मान्दैन
न्याउली कराईरहेछ्न्
एकनास बिरहको गित

शुन्यता मडारिएछ जताततै
बन्द छ्न प्रीतिका गितहरु
मान्छेहरु
शुन्यता खाईरहेछ्न्
शुन्यता सुनिरहेछ
र शुन्यतामै बाचिरहेछन !

कुरेर एउटा सुनौलो बिहानी
कुरेर एउटा मीठो काहानी
कुरेर एउटा नयाँ धुन
चिरेर यो शुन्यता
छिटै छाओस् यो धर्तिमा
बसन्ती बासनामा !!

सुनिल पाेखरेल

गाेरखा, सिरानचाेक

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *